काठमाडौं — भारतको राजधानी दिल्लीमा प्याजको भाउ फेरि बढेको छ।
प्याजको भाउले अहिलेसम्मको रेकर्ड तोडेको बताएका छन्। अहिले प्याजको भाउ प्रतिकेजी भारतीय रुपैयाँ १०० पुगेको छ।
भारतको पूर्वी क्षेत्रमा वर्षाले गर्दा प्याज उत्पादन प्रभावित भएपछि मुल्यमा बढेको जनाएको छ। यसअघि स्टकमा कमी आउँदा प्याजको भाउ प्रतिकेजी ८० रुपैया सम्म पुगेको थियो।
नेपालमा कति छ प्याजको भाउ?
हाल तिहारपछि सकिएसँगै अधिकांस तरकारीको भाउ घढेको छ। चाडवाडको बीचमा आकासियको केहि तरकारीको भाउ भने आरोलो लागेको छ। प्याजको भाउमा तिहारपछि केही कमी देखिए पनि एक साता पछि फेरि उकालो लागेको छ।
धेरै मात्रामा मूल्यवृद्धि भएको प्याजको मूल्य नेपालमा पनि बढेको छ। असोज २९ गते प्रतिकिलो १ सय २५ रुपैयाँमा किनबेच भएको प्याजको मूल्य कात्तिक १५ गते प्रतिकिलो १ सय १५ रुपैयाँ कायम रहेको थियो।
कात्तिक २० गते ५ दिनमा प्याजको मूल्य किलोकै २० रुपैया बढेको छ। आज प्याज १ सय ३५ रुपैयाँ देखि १ सय४० रुपैयाँ प्रतिकिलोमा बिक्री भईरहेको कालीमाटी फलफुल तथा तरकारी विकास समितीले सार्वजनिक गरेको मूल्य सूचीमा जनाईएको छ।