एजेन्सी– सामाजिक सञ्जाल फेसबुक र रेबनको माउ संस्था लुक्सोटिका मिलेर अग्मेन्टेड रियालिटी (एआर) प्रविधियुक्त चस्मा बनाउने भएका छन्।
समाचारअनुसार यी दुई कम्पनीले युएस प्याटेन्ट एण्ड ट्रेडमार्क कार्यालयमा यसको प्याटेन्ट पनि दर्ता गरिसकेका छन्। फेसबुकको यो एआर चस्माको मद्दतले प्रयोगकर्ताले फोन कलका साथै लाइभ स्ट्रिमिङ्ग पनि गर्न सक्नेछन्।
यसलाई स्मार्टफोनको प्रतिस्थापनका रुपमा पनि लिइएको छ। सन् २०२५ सम्ममा यो चस्मा बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ । यसका साथै फेसबुकको यो एआर चस्माले गुगल चस्मालाई चुनौति दिने छ।
यो प्रोजेक्टलाई पूरा गर्न फेसबुकले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको अवस्थामा विश्वव्यापी रुपमा चर्चित चस्मा निर्माता कम्पनी लुक्सोटिका जोडिएसँगै फेसबुकलाई सहजता मिलेको छ।