एजेन्सी – इटालियन जाइन्ट युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–१ ले पराजित गर्दै युभेन्ट्सले अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डगलस कोस्टाले इन्ज्युरी समयमा गोल गर्दै युभेन्ट्सलाई जित दिलाएका थिए। खेलमा अग्रता युभेन्ट्सले आरोन राम्सीको गोलबाट लिएको थियो। सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको फ्रि–किकको सदुपयोग गर्दै राम्सीले खेलको चौथो मिनेटमा युभेन्ट्सलाई अघि बढाएका थिए।
१२औ मिनेटमा पाहुना टिमका अलेक्सी मिरान्चुकले गोल गर्दै मस्को क्लबलाई खेलमा फर्काएका थिए। त्यसपछि पनि दुवै टोलीले गोलका केही अवसरहरु खेर फालेको थियो। बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयमा कोस्टाले गोल गर्दै युभेन्टसलाई महत्वपुर्ण ३ अंकसहित च्याम्पियन्स लिगको नकआउट चरणको यात्रामा र्डोयाए। समूह ‘डी’ मा रहेको युभेन्ट्सले चार खेलबाट १० अंक जोड्यो। मस्कोको मात्र ३ अंक छ।

यही समूहको अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड जर्मन क्लब बायर लिभरकुसेनसँग २–१ ले पराजित भएको छ। थोमसको आत्मघाती गोलबाट लिभरकुसेन खेलमा अघि बढेको थियो। ५५औं मिनेटमा केभिन भोलान्डले गोल गर्दै लिभरकुसेनको अग्रता दोब्बर पारे। इन्ज्युुरी समयको थप गरिएको चौथो मिनेटमा अल्भरो मोराटाले गोल गरेपछि एट्लेटिकोले हार टार्न सकेन।
पराजित एट्लेटिको ७ अंक जोडेर दोस्रो तथा च्याम्पियन्स लिगमा लिभरकुसेनले ३ अंक जोडेर तेस्रो स्थानमा छ।