सल्यान — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोहीपनि विद्युत सेवाबाट बञ्चित हुन नपर्ने बताएका छन्।
नेपाल पत्रकार महासंघ सल्यानले बिहीबार बरलामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले सरकारले समृद्धिको सपना बोकेर काम अगाडि बढाइरहेको भन्दै अबको दुई वर्षपछि कर्णाली प्रदेशका कुनै पनि नागरिक अँध्यारोमा बस्नु नपर्ने बताएका हुन्।
उनले भने, ’कर्णाली प्रदेशका ६१ प्रतिशत नागरिक अहिले पनि विद्युतको पहुँचबाट बाहिर रहेका छन् सरकारले नै विद्युतिकरणलाई प्राथमिकता दिएर काम अगाडि बढाइरहेको छ अब कुनै पनि नागरिक विद्युत सेवाबाट वञ्चित हुनु पर्दैन।’ आगामी दुई वर्षभित्रमा कार्णाली उज्यालो बनाउने बताए कर्णाली प्रदेशका सबै बस्तीहरूमा विद्युत पु¥याउनका लागि संघीय सरकारले युद्धस्तरमा काम गरिरहेको उनको भनाइ छ।
’विद्युतीकरणमा विगतका वर्षहरूमा बजेट विनियोजन गर्दा रकम फ्रिज भएर जाने गर्दथ्यो अब त्यो वातावरण सिर्जना नगर्नुस् आफ्ना नागरिकलाई उज्यालो दिन सबै स्थानीय तहले अभियान सञ्चालन आग्रह गरे।
उपनिर्वाचन मिनि जनमत संग्रह ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पुनले मंसिर १४ गते हुने उपनिर्वाचन सरकारको परीक्षण भएको बताए। झन्डै दुई तिहाईको सरकार जनतामा कति लोकप्रिय भएछ भन्ने कुराको परीक्षण उपनिर्वाचनले गर्ने उनको भनाइ छ।
उपनिर्वाचनलाई मिनि जनमत संग्रहको रुपमा हेरिएको समेत उनको भनाइ छ। वर्तमान सरकारको परीक्षण भएकाले कुनै हिचकिचाहट नगरी सरकार परीक्षणमा जान तयार रहेको मन्त्री पुनले बताए।