काठमाडाैं– नेपाल भ्रमणमा रहेको मेरिलेबाेने क्रिकेट क्लब(एमसीसी) नेपालबीचको तीन दिवसीय प्रथम श्रेणीको खेलको दोस्रो दिन नेपाल ब्याटिङ गरिरहेको छ। जारी खेलमा नेपालले छैटौं विकेट गुमाएको छ।
नेपालका विनोद भण्डारी ३६ रनमा आउट भएका छन्। खराब प्रदर्शन गरिरहेकोे नेपालले ३५ ओभर सकिँदा ६ विकेट गुमाउँदै १ सय ५ रन बनाएको छ। यसअघि नेपालको ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भएका थिए।
उनलाई एमसीसीका फिजि सफ्टले आउट गराएका थिए। त्यस्तै नेपालले दोस्रो विकेटको रुपमा शरद भेषवाकरलाई ४ रनमा गुमाएको थियो। लगातार खराब प्रदर्शन गर्ने क्रममा नेपालका अर्का ब्याट्सम्यान राज’ रिजाल ८ रनमा आउट भए। नेपालका दिपेन्द्र सिंह ऐरी १ रनमा आउट भएसँगै नेपाल निरिह बनेको थियाे।
त्यसपश्चात नेपालले आरिफ शेखलाई १० रनमा गुमाएको थियो। अहिले सोमपमल कामी २४ रन बनाएर खेलिरहेका छन्।