एजेन्सी– युवाहरुमाझ निकै लोकप्रिय बनेको अनलाइन गेम पब्जीमा प्लेयर्सलाई आकर्षित गर्न विभिन्न फिचरसहित नयाँ अपडेट भर्सन ल्याइएको छ। विश्वभर निकै खेलिने मध्येको अनलाइन गेम प्लेयर अननोन्स ब्याटल ग्राउण्ड अर्थात पब्जीको लोकप्रियता गत वर्षको भन्दा ८२ प्रतिशतले घटेको तथ्य सार्वजनिक भएसँगै ग्याम निर्माणकर्ताहरुले नयाँ अपडेट थपेको हो।
स्टीम चार्टसको डाटाअनुसार पछिल्लो चार सातामा पब्जीका औसत मासिक प्लयर्स २,८८,८४८ रहेको छ। तर सन् २०१८ जनवरीमा यो डाटा १,५८४,८८६ प्लेयर्स प्रति महिना रहेको थियो। पछिल्लो दिनमा आएको प्लेयर्सहरुको कमीलाई पूर्ति गर्न र प्लेयर्सलाई फिर्ता ल्याउन कम्पनीले नयाँ अपडेटहरु ल्याईरहेको छ। हालै मात्र कम्पनीले अपडेट ५.१का साथ सिजन ५ रिलिज गरेको थियो।
यो नयाँ अपडेटमा कम्पनीले कयौं नयाँ फिचर्स तथा एलिमेन्टलाई जोडेको थियो। त्यसैगरि पब्जीले अर्को अनलाइन गेम फोर्टनाइटको देखासिकी गर्दै गेममा भेण्डिंग मेसिन पनि जोडेको छ।