काठमाडौं — कुनै समयमा एसियाकै ठूलो परेड मैदान थियो टुँडिखेल, तर अहिले कुनै न कुनै नाममा अतिक्रमित भएको छ।
कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क,अनाधिकृत पसल, पार्किङ स्थल बनेको छ। टुँडिखेल नै मासिने अवस्था आएको भन्दै ‘अकुपाई टुँडिखेल’ अभियान सुरु भएको छ।
विश्व स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार विहान ८ बजे टुँडिखेलमा मानव साङ्लो बनाएर अभियानको औपचारिक सुरवात गरिनेछ। अब तीन महिनासम्म हरेक शनिबार मानव साङ्लो बनाएर प्रदर्शन गरिने अभियानले जनाएको छ।