रौतहट – रौतहट बम विस्फोट प्रकरणमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमको बयान सकिएसँगै थुनछेक बहस शुरु भएको छ।
जिल्ला अदालत रौतहटले आलमसँग तीन दिन लगाएर बयान लिएको हो। आलमको बयान सकिएसँगै बिहीबारदेखि थुनछेक बहस सुरु भएको हो। जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा थुनछेक बहस चलिरहेको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए।
अहिले मुद्धाको पछमा जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालले बहस गरिरहनुभएको छ। आलमलाई तीन दिन लगाएर ५२ प्रश्न सोधिएको छ। पहिलो दिन ९ वटा प्रश्न सोधिएकोमा दोस्रो दिन २५ वटा र तेस्रो दिन २६ वटा प्रश्न सोधिएपछि आलमको बयान सकिएको हो। अदालतमा आलमले आफूमाथि लागेको आरोपको इन्कारी बयान दिएका छन्।
आलमलाई ३२ वर्ष कैद माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो। आलमको पक्षबाट बहस गर्न २५ जना कानुन व्यवसायीले वकालतनामा भरेका छन्। थुनछेकको बहस सुरु भएकाले अब बहसपछि मात्रै आलमलाई कस्तो सजाय दिने भन्नेबारे अदालतले आदेश दिने छ।