काठमाडौं– नेपाल भ्रमणमा रहेको मेरिलेबाने क्रिकेट क्लब(एमसीसी) नेपालबीचको तीन दिवसीय प्रथम श्रेणीको खेलको दोस्रो दिन ब्याटिङ गरेको नेपाल पहिलाे इनिङमा १ सय ५३ रनमा अल आउट भएको छ।
नेपालको पहिलो क्ष्निङको पारीमा लेग स्पिनर सन्दीप लामिछानेले उच्च स्कोर बनाएका छन। उनले ४ छक्का र २ चौका प्रहार गर्दै ३९ रन बनाए। क्रिजमा जमिरहेका सन्दीपलाई ललित राजवंशीले साथ दिन सकेनन्। नेपालले पहिलो इनिङमा ४४.४ ओभरमा अल आउट हुँदै १ सय ६३ बनाएको छ।
नेपाललका सोमपाल कामी २६ रनमा एलबीडब्लुको भरापमा परेसँगै नेपालको ९ विकेट पतन भएको थियो। नेपालले आठौं विकेटको रुपमा करण केशीलाई शुन्य रन र सातौं विकेटको रुपमा पवन सरार्फलाई २ रनमा गुमाएको थियो।
नेपालका विनोद भण्डारी ३६ रनमा आउट भएका थिए। यसअघि नेपालको ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भएका थिए। उनलाई एमसीसीका फिजि सफ्टले आउट गराएका थिए। त्यस्तै नेपालले दोस्रो विकेटको रुपमा शरद भेषवाकरलाई ४ रनमा गुमाएको थियो।
लगातार खराब प्रदर्शन गर्ने क्रममा नेपालका अर्का ब्याट्सम्यान राजु रिजाल ८ रनमा आउट भए। नेपालका दिपेन्द्र सिंह ऐरी १ रनमा आउट भएसँगै नेपाल निरिह बनेको थियाे। त्यसपश्चात नेपालले आरिफ शेखलाई १० रनमा गुमाएको थियो।
यससँगै एमसीसीले पहिलाे इनिङमा २ सय ११ रनकाे अग्रता बनाएकाे छ। एमसीसीले पहिलाे इनिङ ८५ ओभरमा अल आउट हुँदै ३ सय ६४ रन बनाएकाे थियाे। उसका लागि विल राेड्सले ७३ तथा टम वेस्टलीले ३९ रन बनाएका थिए।