काठमाडौें — नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै बिहीबार नेपाल विद्यार्थी संघले भारतीय दूतावासमा ज्ञापन पत्र पेश छ।
कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले काठमाडौंको लैनचौरस्थित भारतीय दुतावासमा पुगेर ज्ञापन पत्र पेश गरेका हुन्। त्यस अवसरमा नेविसंघका नेता तथा कार्यकर्ताहरुले भारतीय दुतावास अगाडि ‘गो व्याक इन्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’, ‘अतिक्रमण गरिएका नेपाली भूमि फिर्ता गर’ भन्दै भारतविरुद्ध चर्का नाराबाजी गरेका थिए।
कालापानीलगायतका नेपाली भूमिसमावेश गरिएको भारतीय नक्सा सार्वजनिक भएपछि नेविसंघले त्यसको विरोधमा भारतीय दुतावास अगाडि विरोध प्रर्दशन गरेको हो।विरोध प्रर्दशनमा तत्काल भारतीय नक्साबाट नेपाली भूमि हटाउन पनि माग गरिएका प्ले कार्डहरु पनि प्रर्दशन गरिएको थियो।