काठमाडौं– नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब(एमसीसी) र नेपालबीचको तीन दिवसीय प्रथम श्रेणाी खेलको दोस्रो दिनको खेल जारी छ। एमसीसी अहिले दोस्रो इनिङको ब्याटिङ गरिरहेको छ।
नेपाललाई उक्त खेलमा पवन सरार्फले पहिलो सफलता दिलाएका छन्। उनले आक्रामक खेलिरहेका विल रोड्सलाई २८ रनमा आउट गराएका हुन्। जारी अवस्थामा एमसीसीले १५ ओभरमा १ विकेटको क्षतिमा ७४ रन बनाएको छ।
एमसीसीका लागि बिल गोडलम्यान ३७ रन तथा टोम वेस्टली ५ रन बनाएर खेलिरहेका छन्।