काठमाडौं– नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब(एमसीसी) र नेपालबीचको तीन दिवसीय खेलको दोस्रो दिनको खेल जारी छ। एमसीसी अहिले दोस्रो इनिङको ब्याटिङ गरिरहेको छ।
नेपाललाई उक्त खेलमा ललित राजवंशीले दोस्रो सफलता दिलाएका छन्। उनले बिली गोडलम्यानलाई ३९ रनमा आउट गरेका हुन्।
त्यसअघि पवन सरार्फले पहिलो सफलता दिलाएका थिए। उनले आक्रामक खेलिरहेका विल रोड्सलाई २८ रनमा आउट गराएका थिए। जारी अवस्थामा एमसीसीले १९ ओभरमा २ विकेटको क्षतिमा ८७ रन बनाएको छ।
एमसीसीका लागि टोम वेस्टली १४ रन तथा माइल्स ह्याम्मोण्ड २ बनाएर खेलिरहेका छन्।