काठमाडौं– नेपालले विश्वकप २०२२ अन्तर्गत एसिया छनोटअन्तर्गतकोे कुवेतसँगको घरेलु मैदानमा खेल्न नपाउने भएको छ। अवे खेल खेलिसकेको नेपालको कुवेतसँगको खेल घरेलु मैदानमा हुने पहिलो खेल थियो।
तर अब खेल भुटानमा हुने भएको छ। यससँगै घरेलु दर्शकको साथ उच्च मनोबलको साथ खेल्न नेपालको सपना चकनाचुर भएको छ। रंगशाला निर्माणको काम नै नसकिएकोले खेल नेपालमा नहुने पक्का भएको बताइएको छ। रंगशाला गशाला निरीक्षणको क्रममा बिहीबार खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले फुटबल नेपालमा नहुने जानकारी गराएका हुन्।
रंगशालाको ’चेन्जिङ रुम’ नै बनिनसकेको बताइएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीले ३ मंसिरमा कुवेतविरुद्ध होम खेलका रूपमा प्रतिस्पर्धा गर्ने कार्यक्रम छ।
एसियन फुटबल महासंघ (एएफसी)बाट निरीक्षण गर्न आएको प्रतिनिधिले पनि दशरथ रंगशालाको निर्माणमा असन्तुष्टि व्यक्ति गरेका थिए।