एजेन्सी- बहुप्रतिष्ठित सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टले विन्डोज सेभेनलाई दिने सपोर्ट बन्द गर्ने भएको छ। कम्पनीले सबै विन्डोज प्रयोगकर्तालाई विन्डोज टेन प्रयोग गर्न आग्रह गरिरहेको छ।
आगामी जनबरी २०२० देखि प्रयोगकर्ताले विन्डोज सेभेन प्रयोग गरिरहे पनि माइक्रोसफ्टले त्यसमा कुनै सहायता प्रदान गर्ने छैन। सहायता प्रदान नगर्दा विन्डोज सेभेनमा सुरक्षाको समस्या, गति सुस्त हुने समस्या देखिन सक्छ। विन्डोज ८.१ प्रयोगकर्तालाई भने जनबरी २०२३ सम्म सपोर्ट दिने कम्पनीले बताएको छ।
माइक्रोसफ्टले आफ्नो लोकप्रिय विन्डोज सफ्टवेयरका सबै प्रयोगकर्तालाई विन्डोज टेनमा ल्याउने योजना बनाएको छ। कम्पनीले विन्डोज टेन पछिको अपडेटमा कुनै सफ्टवेयर नल्याउने र विन्डोज टेनलाई आजिवन नयाँ नयाँ अपडेट दिएर सुधार्दै लैजाने घोषणा गरेको छ।
माइक्रोसफ्टले २०१८ अक्टोबरमा विन्डोज टेन सार्वजनिक गरेको हो।