एजेन्सी- अहिले विश्वभर नै मोबाइल प्रविधिमा फोरजी चलनचल्तीमा छ तर चीनले गत साता मात्रै आफ्ना ५० वटा सहरमा एकसाथ फाइभजी सेवा विस्तार गरेको छ। फाइभजीको अध्ययन र विकासमा अन्य देशको तुलनामा चिनियाँ कम्पनी निकै अघि देखिएका छन्।
फोरजी भन्दा सयौं गुणा द्रुत हुने दाबी गरिएको फाइभजी अहिले व्यवसायिक रुपमा प्रयोगमा आउने क्रममा छ। आगामी वर्षमा फाइभजीलाई देशैभर विस्तार गर्ने चिनियाँ योजना छ। बेलायत, दक्षिण कोरिया र अमेरिकाले पनि केही सीमित सहरमा परीक्षणको रुपमा फाइभजी सेवा सुरु गरेका छन्।
तर, फाइभजीको व्यवसायिक सेवाले व्यापकता नपाउँदै चीनले भने सिक्स्जी प्रविधिको अध्ययन गर्न सुरु गरेको छ। चिनियाँ सरकारी समाचार संस्था चाइना न्यूजले सार्वजनिक गरेको जानकारी अनुसार चीनको प्रविधि व्यूरोले सिक्स्जी प्रविधिको अध्ययन गर्न आइतबार ३७ जना विज्ञ सम्मिलित समिति बनाएको हो।