काठमाडौं _ उद्योगपति एवं पूर्व राज्यमन्त्री रुप ज्योती पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर, काठमाडौंले उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।उनलाई विमानस्थलबाट महानगरीय प्रहरी काठमाडौं लगिएको छ।
उनी पूर्वअर्थ सहायकमन्त्री समेत हुन्। रुपज्योतिलाई जग्गा कारोबारमा ठगी गरेको आरोपमा पक्राउ गरिएको भनिए पनि प्रहरीले स्पष्ट खुलाएको छैन।
काठमाडौं परिसरका प्रहरी उपरीक्षक अशोक सिंहले रुपज्योति पक्राउ परेको पुष्टि गरे। उनले रुपज्योतिमाथि ठगीको मुद्दा रहेको बताए।उनले रुपज्योतिमाथि ठगीको मुद्दा रहेको बताए।
विजेन्द्रमान मल्लसमेतको जाहेरीले ठगी मुद्दामा रुपज्योतिलाई अनुसन्धानका लागि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले बताए।