एजेन्सी– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार रजनीकान्तको फिल्म ‘दरबार’ को मोसन पोस्टर रिलिज गरिएको छ। पोस्टरमा रजनीकान्तलाई एक्सन अवतारमा देख्न सकिन्छ।
२७ वर्षपछि रजनीकान्त प्रहरीको भूमिकामा देखिँदैछन्। यो फिल्मको निर्देशक एआर मुर्गादोश हुन्। फिल्मको मोसन पोस्टर हिन्दी, तमिल, तेलेगु र मलायालम गरी चार भाषामा रिलिज गरिएको छ।
रजनीकान्तको फिल्म भनेपछि यसै पनि जुनसुकै फिल्म प्रतीक्षित बन्छ। फिल्ममा नयनतारा, प्रतीक बब्बर, सुनिल सेट्टी लगायतका कलाकारको पनि अभिनय रहनेछ।
https://youtu.be/VCUPRHYEzwU