काठमाडौं– यु–१९ च्यालेन्जर्स सिरिज खेल्ने नेपाली यु–१९ क्रिकेट टिमको विदाई गरिएको छ। भारतमा आयोजना उक्त सिरिजमा सहभागि हुन जाने टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले औपचारिक विदाई गरेको हो।
क्रिकेट संघका सचिव अशोक नाथ प्याकुरेल, आईसीसीका नेपाल प्रतिनिधि रौनक मल्ल लगायतले शुभकामना सहित नेपाली टोलीलाई विदाई गरेका छन्। नेपाली यु–१९ टोलीकोे कप्तानमा रित गौतम रहेका छन्। १६ सदस्यीय नेपाली टोली शनिबार भारत जानेछ। नेपालले सिरिजमा नेपाल ’ए’ नामले खेल खेल्नेछ।
नोभेम्बर ११ देखि १७ सम्म हुने सिरिजमा नेपालले नोभेम्बर ११ मा पहिलो खेल भारत ’एल्लो’ सँग खेल्नेछ। नोभेम्बर १३ मा भारत ’रेड’ र नोभेम्बर १५ मा भारत ’ब्लु’ सँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली टिममा कप्तान रितसँगै लोकेश बहादुर बम, तृत राज दास, विशाल बिक्रम केसी, खडक बोहोरा, अविशेख बस्नेत, हरि बहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल विवेक कुमार यादव, सुर्य तामाङ, तिलक राज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिष जिसी र गौतम केसी रहेका छन्।