एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। युनाइटेडले सर्वियन क्लब पार्टीजान बेलग्रेडमाथि ३–० को सहज जित हात पार्दै युरोपा लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको हो।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई सहज जित दिलाउन युवा फरवार्ड मेसन ग्रीनवुड, एन्थोनी मार्सियल र मार्कस रासफोर्डले गोल गरे। खेलको २२औं मिनेटमा ग्रीनवुडले युनाइटेडको गोलको खाता खोलेका थिए। उनले रासफोर्डको पासलाई सदुपयोग गरेका थिए।
३३औं मिनेटमा मार्सियलले गोल गरेपछि युनाइटेड पहिलो हाफमा २–० ले अघि बढ्यो। ४९औं मिनेटमा एस्ले योङको पासमा रासफोर्डले गोल गरेपछि युनाइटेडले खेलमा ३–० को आरादायी अग्रता बनायो। त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड विजयी रहन सफल भयो।
जितसँगै युनाइटेडले समूह ‘एल’ मा ४ खेलबाट १० अंक जोड्दै शीर्षस्थानमा छ। युनाइटेडले अब समुह चरणमा एस्ताना र एजे अल्कामारसँग खेल्न बाँकी छ। यि दुवै खेलमा पराजित भएपनि युनाइटेडलाई कुनै फरक पर्ने छैन। परााजित बेलग्रेड ४ अंक जोडेर तेस्रो स्थानमा छ।
यही समूहको अर्काे खेलमा एजे अल्कामारले एफसी एस्तानालाई उसकै मैदानमा ५–० को फराकिलो जित निकाल्दै युरोपाल लिगको नकआउट चराण्मा पुग्ने सम्भावना बलियो बनाएको छ। समूहमा बाँकी दुई मध्ये एक खेलमा जित हात पारेपनि अल्कामार युरोपा लिगको नकआउट चरणमा प्रवेश गर्नेछ।