एजेन्सी- ट्वीटरमा अहिलेसम्म मात्रै आफूलाई रुची भएको क्षेत्रका अकाउन्ट फलो गर्न पाइन्थ्यो। तर अब ट्वीटरमा कुनै व्यक्तिलाई मात्रै नभएर आफूलाई मनपर्ने ‘टपिक’ समेत फलो गर्न सकिने भएको छ।
आगामी सातादेखि सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउनेछन्। यो फिचर यसै साता केही सीमित प्रयोगकर्तालाई मात्र दिइएको छ। प्रयोगकर्ताले ट्वीटर एपको सर्चबारमा गएर आफूलाई मनपर्ने बिषय टाइप गरी सोही बिषय फलो गरेर त्यस सम्बन्धी ट्वीटहरु हेर्न सक्नेछन्।

यस्तै, फिचर इन्स्टाग्राममा पनि छ। इन्स्टाग्राममा कुनै प्रयोगकर्ताले सर्चबारमा गएर आफूलाई मनपर्ने बिषयको ह्यासट्यागलाई मात्रै फलो गर्न मिल्ने सुविधा छ। हाललाई तीन सय बढी बिषयलाई फलो गर्न मिल्ने बनाइएको छ।