एजेन्सी- एनसेलले नेपालमै पहिलो पटक नयाँ प्रविधिमा इन्टरनेट सेवा दिन सुरु गरेको छ।
कम्पनीले पहिलोपटक रेडियो रिसिभर ट्रान्समिटर तथा राउटरको प्रयोग गरी कैलालीको टिकापुरमा वायरलेस ब्रोडब्यान्ड सेवा उपलब्ध गराउन थालेको हो।
एनसेलले सुरुमा दुई ओटा प्याकमा यस्तो सेवा उपलब्ध गराएको छ। जसमध्ये ५९९ रुपैयाँमा अनलिमिटेड ५० जीबी र ३४९ रुपैयाँमा अनलिमिटेड २५ जीबी प्याक छ। ३० दिनसम्म प्रयोग गर्न सकिने यी प्याकको डेटा भोल्युम सकिएपछि इन्टरनेटको गति एक एमबीपीएसको हुने कम्पनीले जानकारी दिएको छ।
कम्पनीले यो सेवाका प्रयोगकर्ताका लागि निःशूल्क वायरलेस राउटर पनि दिनेछ। तत्कालका लागि भने यो सेवा टिकापुरमा मात्र उपलब्ध हुनेछ।