एजेन्सी– युरोपा लिग फुटबलमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाचसँग इटालियन क्लब रोमा पराजित भएको छ। बिहिबार राति बोरुसियाको घरेलु मैदानमा भएको खेलमा रोमाले २–१ को हार बेहोरेको हो।
प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली बोरुसियाले शुरुवाती अग्रता बनाएको थियो। रोमाका फेडरिको फाजियाले ३५ औं मिनेटमा आत्मघाती गोल गर्दा घरेलु टोलीलाई अग्रता मिलेको हो। पहिलो हाफको खेलमा रोमा १ गोलले पछि परेको थियो।
दोस्रा हाफको ६४ औं मिनेटमा फेडरिकाले गोल गर्दै रोमालाई खेलमा फर्काएका थिए। रोमाञ्चक खेलको इन्ज्युरी समयमा मार्कुस थोरामले गोल गर्दै घरेलु टोली बोरुसियालाई स्पष्ट जित दिलाए।
यस जितसँगै बोरुसिया समूह ‘जे’ मा ४ खेलबाट ५ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। खेलमा स्तब्ध भएको रोमा तेस्रो स्थानमा छ।