काठमाडौं — यो साताको शुक्रबारबाट दुई चलचित्रले आफ्नो प्रदर्शन आरम्भ गरेका छन्। चलचित्र हो ‘घामड शेरे’ र ‘जीवन काँडा कि फूल’।
हेमराज बिसीको निर्देशनमा बनेको चलचित्र घामड शेरेमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ। सामाजिक विषयवस्तुलाई प्रस्तुत गरिएको यस चलचित्रमा निश्चललाई घामड शेरेको अवतारमा देखाइएको छ।
रियल लाइफ जोडी निश्चल(स्वस्तिमाले पूर्ण चलचित्रमा पहिलो पटक स्क्रिन सेयर गरेका हुन्। चलचित्रमा उनीहरुलाई साली भेनाको रुपमा चित्रण गरिएको छ।
त्यस्तै, मदन पुरस्कार बिजेता साहित्कार झमक घिमिरेको जीवनीमा आधारित रहेर निर्माण भएको चलचित्र ‘जीवन काँडा कि फूल’ पनि आजबाट रिलिज भएको छ। यस चलचित्रले झमकको बाल्यकालदेखिको जीवन भोगाईलाई प्रस्तुत गरेको छ।
विनोद विष्टको निर्माण तथा निर्देशन रहेको यस चलचित्रमा झमकको बाल्यकालको भूमिकामा आस्था थापा र ठूलो भएको भूमिकामा रोजिता उदाचार्य फिचर छिन्।