एजेन्सी– आन्सु फाती बार्सिलोनाका किर्तिमानी खेलाडी हुन्। बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेको छोटो समयमै फुटबलमा राम्रो छवि बनाएका फातीले आफू सधैंभरि बार्सिलोनाबाट खेल्न चाहेको बताएका छन्।
फाती बार्सिलोनाको इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी हुन्। उनले ओसासुनाबिरुद्ध गोल गर्दै सो किर्तिमान बनाएका थिए। त्यो पललाई स्मरण गदैै फातीले त्यो अपेक्षा नगरिएको क्षण भएको बताएका छन्।
सानैदखि बार्सिलोनाको सिनिनयर टिमबाट फुटबल खेल्ने सपना बोकेका उनी सपना पुरा गरेसँगै पुरै करियर बार्सिलोनाबाटै खेल्न चाहेको बताउँछन्। आफू बार्सिलोनामा खुशि रहेको र बार्सिलोनाका सहकर्मीलाई आफूलाई सधैँ हौसला दिइरहेको बताउँदै उनी फुटबल खेल्न सकुन्जेल बार्साबाटै खेल्छु भन्छन्।