काठमाडाैं — नेपाल टेलिकमले फोरजीका लागि नयाँ डाटा प्याक सार्वजनिक गरेको छ। कम्पनीले सामान्य दरमा बोनसमा दोब्बर डाटा उपलब्ध गराउने गरी डाटा प्याक ल्याएको हो।
फोरजीका लागि तीन ओटा डाटा प्याक ल्याइएको छ।
१. दिनभर चलाउन सकिने गरी २५ रुपैयाँमै चार सय एमबी डाटा पाउनुहुनेछ। यसमा १२० एमबी डाटाले जुनसुकै नेटवर्कमा र २८० एमबी फोरजी नेटवर्कमा मात्र मोबाइल इन्टरनेट चलाउन सकिनेछ।
२. एक सय रुपैयाँमा एक जीबी डाटाको एक हप्ते प्याक रहेको छ। जसमध्ये सात सय एमबी डाटा फोरजी नेटवर्कमा र बाँकी तीन सय एमबी डाटा जुनसुकै नेटवर्कमा रहेर इन्टरनेट चलाउन सकिनेछ।
३. यो प्याकमा २८ दिनसम्म चलाउन सकिने गरी २४० रुपैयाँमा तीन जीबी डाटा उपलब्ध छ। जसमध्ये २१ सय एमबी फोरजीमा र नौ सय एमबी जुनसुकै नेटवर्कमा प्रयोग गर्न सकिनेछ।
फोरजी नेटवर्क भएको स्थानमा हुनेहरूले सुरुमा फोरजीमा इन्टरनेट चलाउँदा फोरजी डाटा प्रयोग हुनेछ। फोरजी नेटवर्कमा नहुँदा इन्टरनेट चलाउँदा भने जुनसुकै नेटवर्कमा प्रयोग गर्न मिल्ने गरी दिइएको डाटा खपत हुनेछ। यद्यपी फोरजी डाटा सिकिएको अवस्थामा फोरजी नेटवर्कमै रहेर जुनसुकै नेटवर्कका लागि उपलब्ध डाटा प्रयोगमा आउनेछ।
हाल काठमाडौं, पोखरा सहित ७० भन्दा बढी सहरमा उपलब्ध रहेको फोरजी सेवा आगामी माघसम्म देशभर विस्तार गरिसक्ने टेलिकमको लक्ष रहेको छ।
मोबाइलमा फोरजी सेवा सुचारु गर्न *444# डायल गर्नुपर्नेछ। फोरजी डाटा प्याक खरीद गर्नका लागि भने *1415# डायल गर्नुपर्नेछ।