एजेन्सी– नेपाल र कुवेतबीचको फिफा विश्वकप छनोटअन्तर्गतको एसियन कप छनोट खेल भुटानमा पनि नहुने भएको छ। अवे खेल सकेको नेपालको घरेलु मैदानमा हुने पहिलो खेल दशरथ रंगशालामा निर्माण सम्पन्न् नभएका कारण अन्यौलमा परेको हो।
नेपालको एक मात्र रंगशालामा तय भएको खेल रंगशाला खेल्न लायक नभएको भन्दै एएफसीले दशरथ रंगशालामा खेलाउन नसकिने बताएको थियो। रंगशालालाई अयोग्य ठानेपछि नेपालले न्युट्रल भेन्युका रुपमा भुटानमा खेल्न एएफसीलाई प्रस्ताव गरेको अवस्थामा अहिले कुवेतले भुटानमा खेल्नका लागि ईच्छुक नभएको बताएको छ।
कुवेतले भिषा तथा मौसमको कारण देखाउँदै भुटानमा खेल खेल्न नसकिने स्पष्ट पारेको छ। त्यसपश्चात् एएफसीले नेपालाई अर्को विकल्प खोज्न आग्रह गरिसकेको बताइएको छ।