काठमाडाैं- नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले धमाकेदार अफर ल्याएको छ। कम्पनीका अनुसार १४ हजार २ सय ४० रुपैयाँमै ग्राहकले ३२ इञ्चको सीजी एलईडी टेलिभिजनको साथमा २५ एमबीपीएस गतिमा चल्ने एक महिनाको इन्टरनेट र नेट टीभी समेत पाउनेछन्।
बजार मूल्य २४ हजार ५९० पर्ने ३२ ईञ्च टेलिभिजनलाई कम्पनीले १४ हजार २ सय ४० रुपैयाँमा नै उपलब्ध गराउन थालेको हो। ३२ इञ्चको टेलिभिजनलाई राखेर कम्पनीले विभिन्न प्याकेजहरू तयार पारेको छ। जसअनुसार १६ हजार ७ सय ४० रुपैयाँमा तीन महिना तथा १९ हजार ९ सय ९० रुपैयाँमा ६ महिनासम्मको २५ एमबीपीएस गतिको इन्टरनेट र नेट टीभी सेवाको साथमा ३२ इञ्चको टीभी पाउनेछन्।
यसैगरी २५ हजार ९ सय ९० रुपैयाँमा एक वर्षका लागि सोही गतिको इन्टरनेट तथा नेट टीभीको साथमा ३२ इञ्चकै टीभी दिने कम्पनीले जनाएको छ। यी प्याकेजमा राखिएको नेट टीभीलाई एउटा टीभीमा मात्र चलाउन सकिनेछ। २५ एमबीपीएस भन्दा माथिको गतिमा चल्ने इन्टरनेट सहितका प्याकेजमा समेत ३२ इञ्चको टेलिभिजनलाई समेटिएको छ।
जसअनुसार ३२ इञ्चको एलईडी टेलिभिजनसँगै एक महिना, तीन महिना, ६ महिना र एक वर्षको ४० एमबीपीएस इन्टरनेट तथा नेटटीभीको मूल्य क्रमशः केवल १४ हजार ४ सय ९०, १७ हजार ४ सय ९०, २१ हजार ४ सय ९० र २७ हजार ४ सय ९० मात्र राखिएको छ। यी प्याकेजमा राखिएको नेट टीभी भने दुई ओटा टेलिभिजनमा जोडेर हेर्न मिल्नेछ।
यदी तपाई तीन ओटा टेलिभिजनमा जोडेर हेर्न मिल्ने नेट टीभी सहितको प्याकेज चाहिरहनुभएको छ भने त्यसका लागि समेत वर्ल्डलिंकले छुट्टै प्याकेज तयार पारेको छ। जसअनुसार एक महिना, तीन महिना, ६ महिना र १२ महिनाको ४० एमबीपीएस गतिमा चल्ने इन्टरनेट तथा नेट टीभी सहितको ३२ इञ्च टिभी रहेको प्याकेजका लागि क्रमशः १४ हजार ६सय ९०, १७ हजार ७ सय ९०, २२ हजार ३ सय ९० र २८ हजार ९ सय ९० रुपैयाँ मात्रै छ।
यति मात्र होइन अझै थप स्पिडमा चल्ने इन्टरनेट सहितको प्याकेज तपाईंको आवश्यकता हो भने त्यसका लागि समेत चिन्ता लिनुपर्ने अवस्था छैन। त्यसका लागि ६० एमबीपीएस गतिमा चल्ने इन्टरनेट र नेट टीभी सहित ३२ इञ्च एलईडी टिभी सहितका विभिन्न प्याकेज बनाइएको छ। जसअनुसार एक महिना, तीन महिना, ६ महिना र १२ महिनाको इन्टरनेट र नेट टीभी प्याकेज सहितको टेलिभिजनका लागि क्रमशः १५ हजार २ सय ५०, १९ हजार ३ सय ९०, २४ हजार ९ सय ९० र ३३ हजार ९ सय ९० रुपैयाँ मात्र राखिएको छ।