हङकङ–गत आइतवार प्रहरीले हानेको टियर ग्याँस छल्न भागदौडको क्रममा चुन क्वान ओस्थित एक कार पार्कको तेश्रोबाट दोश्रो तलामा खसेर गम्भीर घाइते भएका प्रदर्शनकारीको शुक्रवार विहान अस्पतालमा मृत्यु भएको छ।

२२ वर्षीय विश्वविधालयका विद्यार्थी चाउ ज लोकको मृत्युपछि आक्रोशित बनेका विद्यार्थी प्रदर्शनकारीले ‘खुनको बदला खुन’ को नारा लगाएका हुन्। उनीहरुले प्रहरीले घाइते लोकलाई समयमै अस्पताल पुर्याउन अवरोध गरेको आरोपसमेत लगाउँदै आएका छन्।