काठमाडौं–नेपाली लोक दोहोरी गीतका लोकप्रिय गायक तथा सर्जक बिष्णु खत्रीको लोकदोहोरी गीत ‘झरनाको पानी’ भर्खर मात्र सार्वजानिक भएको छ। सधै विदेशी लाहुरे,भरिया,किसान, गोठालो दाजुभाईका कथा ब्यथामा आधारित गीत सृजना गर्ने बिष्णुले यसपटक फरक शैलीको रोमान्टिक गीत बजारमा ल्याएका छन्।
गीतको शब्द संगीत विष्णु आफैले गरेका छन्, भने उनलाई स्वरमा गायिका मिना लामाले साथ दिएकी छिन्। आशिष अविरलको संगीत संयोजन रहेको गीत राग स्टुडियोमा रेकर्ड भएको हो। गीतको भिडियो निर्देशन अहिलेका लोकप्रिय निर्देशक शिव विकले गरेका छन्,भने आयूष रिजाल र अनु शाहको नृत्य रहेको छ।
सधै अरु भन्दा फरक शैलीमा प्रस्तुत हुने बिष्णु खत्रीको यो सृजना अहिले बजारमा चलिरहेका गीत जस्तो भएतापनि गीतको शब्दमा धेरै रुपक र अलङ्कारको प्रयोग गरेका छन्। बिष्णु खत्री सदाबहार रुचाईका गायक हुन्। उनी लोकदोहोरी गीतका लागि असल गायक,सफल सर्जक र राम्रो अभिनय गर्न सक्ने कलाकार हुन्।
बरिष्ठ लोक गायिका बिमाकुमारी दुरा र उनले आवाज दिएका दर्जनौं गीतहरु सुपरहिट छन्। बिमाकुमारी दुरा र बिष्णु खत्रीको जोडी अत्याधिक रुचाईको जोडी हो। पछिल्लो समय केही नयाँ गायिकाहरुसँग उनले सहकार्य गरेका छन्। उनको सृजनामा धेरै मेहनत देखिन्छ र त उनका सबै गीत लोकप्रिय छन्।
गीतको भिडियो छायाङ्कन पक्ष लगायत सबै कुरामा उनले निकै मेहनत गरेका छन्। समग्रमा गीत एकदमै राम्रो बनेको छ। माया पिरती बसेपछि त्यो जोडी संसारकै नमूना होस् भन्ने जो कोहीको पनि आशा हुन्छ, उक्त गीतमा हाम्रो जस्तो जोडी सबले कोहीको छैन भनेर चर्चा गर्छन् भन्ने भाव रहेको छ। बिष्णु खत्रीको अफिसियल यूटूब च्यानलबाट सर्बत्र बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=C99U3MCisR0&fbclid=IwAR3t9tzn8yb2sRNXI7kFyxSsIw6ZddkVcl2mw_gdYNgbYwr4VuzUs2ONyGY