एजेन्सी– १३ औं दक्षिण एशियाली खेलकुद(साग)मा अफगानिस्तान सहभागि नहुने भएको छ। यसअघि अफगानिस्तान सागका लागि नेपाल आउने चर्चा चलेको थियो।
अफगानिस्तानले सागबारे चासो देखाएपछि दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले यसबारे निर्णय गर्ने बताइएको भएपनि अन्तिम समयमा अफगानिस्तान आफैं पछि हटेको हो। अफगानस्तानले सिमित खेलहरुमा भाग लिन पहल गरेको तर त्यसमा नेपालले असहमति जनाएको कारण अफगानस्तान नआउने भएको हो।
अफगानिस्तानले सागमा सहभागिता जनाउन ओसिएको स्विकृति लिनुपर्ने र सागका लागि तय भएको मिति नै सार्नुपर्ने नेपाल ओलम्पिक कमिटीले बताएको थियो। सागका सबै खाले खेलहरुमा नेपाल मात्र सहभागि हुने भएको छ।