काठमाडौं– व्यवसायी तथा पूर्व अर्थसहायक मन्त्री रुप ज्योतिलाई पक्राउ गरेकोमा नेपाल चेम्बर अफ कमर्सले असन्तुष्टि व्यक्त गरेको छ। चेम्बरले विज्ञप्तीमार्फ ज्योति पक्राउ परेकाेमा आपत्ति जनाएको हो।
रुप ज्योतिसँगै उनकी छोरी सुरुचीलाई अपराध नै प्रमाणित नभई पक्राउ गरिनु गलत भएको चेम्बरको दाबी छ। उजुरीको भरमा विदेशबाट स्वदेश फर्कदा सिधै एयरपोर्टबाट उनीहरुलाई पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण भएको चेम्बरले बताएको छ।
चेम्बरले ज्योति पक्राउले देशमा ठूला लगानी गरेको र नियमित रुपमा उल्लेखनीय राजश्वमा योगदान दिने उद्यमीव्यवसायीहरु हतोत्साहित भई लगानीमैत्री वातावरणमा समेत प्रतिकूल प्रभाव पर्ने विज्ञप्तीमा बताएको छ। ज्योति र उनकी छोरी ठगीको आरोपमा पक्राउ परेका हुन्।
नेपाल चेम्बर अफ कमर्सको विज्ञप्तीः
