गुल्मी _ गुल्मीमा जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका(२ पिपलधारामा लु.१ज १७१२ नं को जिपले ठक्कर दिँदा घाइते भएका सोही ठाउँका ७३ वर्षीय कृष्ण घर्तीको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेले जानकारी दिए।