डडेल्धुरा _ चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राख्दै १७ औं पटक अनशनमा बसेका प्रा. डा. गोविन्द केसीलाई अनसनस्थलबाट डढेल्धुरा जिल्ला अस्पताल लगिएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी अनसन बसेको निजी घरबाट जिल्ला अस्पताल सारिएको हो।डा.केसीको सत्याग्रहको पाँचौ दिन स्वास्थ्यमा समस्या उत्पन्न भएको हो ।
विगतमा आफूसँग भएका सम्झौता पालनामा सरकार इमान्दार नदेखिएको भन्दै त्यसको पालना हुनुपर्नेलगायतका मागमा उनको अनशन केन्द्रित छ ।
डा. केसी कात्तिक १८ गतेदेखि अनसन बसेका थिए।