काठमाडौं– नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)विरुद्धको तीन दिवसीय प्रथम श्रेणीकाे खेलमा पराजित भएपछि नेपाली क्रिकेट टोलीको कप्तान ज्ञानेन्द्र मल्लले सिक्ने मौका पाएको प्रतिक्रिया दिएका छन्।
लामो समयपछि प्रथम श्रेणीको खेल खेल्दा टोलीले राम्रो नतिजा दिन नसकेपनि केहि सिक्ने अवसर पाएको उनले बताएका छन्। नेपालको बलिङ ब्याटिङभन्दा राम्रो भएको बताउँदै उनले बिर्सिसकेको रातो बल र सेतो पर्दामा हुने खेलको याद ताजा भएको जानकारी दिएका छन्।
रातो बलले एक खेलाडीको हकमा टेक्निक, स्कीललगायत धेरै कुरा सिकाउने भन्दै टिमवर्क, विकेट लिने कुरासँगै खेलाडी आफैँले मूल्याङ्कन गर्ने अवसर पाएको उनले बताए। तुलनात्मक रूपमा ब्याटिङभन्दा बलिङमा बढी सन्तुष्ट सुरुवाती ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न नसके पनि अन्त्यका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेको उनले बताए।
नेपाल एमसीसीविरुद्धको तीन दिवसीय प्रचम श्रेणीको क्रिकेटमा नेपाल २ सय ८ रनले पराजित भएको थियो। त्यसअघि नेपालले एकदिवसीय खेलमा भने एमसीसीलाई ५ विकेटले हराएको थियो।