काठमाडौं– शिक्षा मन्त्रालयले विदेशी निकायहरुको सम्बन्धनमा नेपालमा सञ्चालित १५ शिक्षण संस्था खारेज गर्ने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अनुसार नेपालको नीति र प्रणालीअनुसार सो शिक्षण संस्था तुरुन्तै खारेज गर्न मिल्छ। तर न्यायिक दृष्टिकोणले पहिलोपटक प्रक्रिया पूरा गर्न १५ दिनको समय दिइएको छ।
काठमाडौंका वाइल्ड इन्स्टिच्युट अफ एडभान्स, ब्रिज वाटर इन्टरनेसनल, मल्पी इन्टरनेसनल कलेज, क्यापिटल कलेज, एभेरेष्ट एजुकेसन, काठमाडौं भ्याली, सारिन भ्याली कलेज, पेन्टागन एजुकेसन, एपेक्स लाइफ स्कुल र साउथ वेस्टन कलेजलगायतका कलेजहरु खारेजीमा पर्न लागेका हुन्।
त्यस्तै स्काई इन्टरनेसनल कलेज, बुटवल, वेस्टन मेगा कलेज, बुटवल, वेस्टन विजनेस कलेज, धनगढी र कसमस इन्टरनेसनल कलेज, पोखरा पनि खारेजीको प्रक्रियामा सामेल भएका छन्। याे कलेजहरुले प्रणालीमा रहेर कार्यान्वयन गर्न नमानेका हुनाले सरकार बाध्य भएर खारेज गर्ने निष्कर्षमा पुगेको शिक्षामन्त्री पोखरेलले जानकारी दिए।
नियमविपरीत चलिरहेको, नवीकरण नगरेको र राजस्व नतिरेको लगायत सबै कलेजहरुको कमजोरीहरु रहेको छ।