काठमाडौं– १३ औं साग अघि शनिबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) पाकिस्तानमा गर्न प्रस्ताव गरेको छ।
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले साग आयोजनाको पालो अब पाकिस्तानको भएको बताउँदै उक्त प्रस्ताव गरिएको बताएका छन्। १३ औं सागअघि पाकिस्तानको प्रतिक्रिया हेर्ने र त्यसपछि त्यहाँको अवस्था हेरेर साग गर्न सक्ने वा नसक्ने कुराको टुंगो लाग्ने उनले बताए।
सात राष्ट्रका ओलम्पिक कमिटिका अध्यक्षको सहभागिता रहेको बैठकले यस्तो पस्ताव गरेको र पाकिस्तान साग आयोजना गर्न नसकेमा अर्को साग श्रीलंका र माल्दिभ्सले संयुक्त रुपमा आयोजना गर्ने बताइएको छ।
‘विधानअनुसार पाकिस्तानले आयोजना गर्न नसके १४ औं साग श्रीलंका र माल्दिभ्समा संयुक्त हुनेछ,’ अध्यक्ष श्रेष्ठले बताए।