एजेन्सी– बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल आउने भएका छन्। उनी ४ दिने भ्रमणमा लागि मंगलबार नेपाल आउन लागेका हुन्।
राष्ट्रपति हमिद नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालमा हमिदले उच्चस्तरिय भेटवार्ता गर्ने बताइएको छ।
उनले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्। राष्ट्रपति हदिमले पोखराको पनि भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
राष्ट्रपति भण्डारीले हमिदको सम्मानमा रात्रीभोज आयोजना गर्नेछिन्। हमिद शुक्रबार स्वेदश फर्कने कार्यक्रम छ।