एजेन्सी– ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनोसियो लुला द सिल्भा जेलबाट रिहा भएका छन्। यहाँको अदालतले उनलाई रिहा गर्न शुक्रबारै आदेश दिइएको हो।
जेलबाट मुक्त हुँदै लुलाले आफ्ना समर्थक र शुभचिन्तकलाई हात हल्लाउँदै अभिवादन गरेका थिए। उनी जेलमुक्त हुने फैसला भएसँगै उनका वर्कर्स पार्टीका कार्यकर्ताहरु रातो झण्डा बोकेर उनको स्वागतका लागि जेलको गेटमा पुगेका थिए । शनिबार लुलाको स्वागतका लागि साओ पाउलोमा ¥याली समेत गरिने भएको छ।
लुला सत्ताको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै २०१८ मा उनलाई आठ वर्ष १० महिनाका लागि जेल पठाइएको हो। लुलाको भ्रष्टाचार काण्ड नै ब्राजिलको इतिहासमा सबैभन्दा ठूलो पदभार ग्रहण गरेको व्यक्तिबाट भएको भ्रष्टाचारको रुपमा हेरिएको छ।