नेपालगन्ज –संघीय संसदको प्रतिनिधिसभाकी उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले सभामुखमा दाबेदारी रहेको संकेत गरेकी छन्। प्रेस संगठन बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उपसभामुख तुम्बाहाङफेले घुमाउरो पाराले दाबेदारी प्रस्तुत गरेकी हुन्।
उनले भनिन्, ‘उप–सभामुख भएको व्यक्ति सभामुखको हैसियतमा पुग्ने क्षमता र हैसियतमा जानुपर्छ भन्ने हामी सबै उपसभामुखको निष्कर्ष छ। सबैजनामा त्यो क्षमता छ। त्यस्तो वातावरण तयार गरेका छौं।’
उनले आफुले चाहना राखेर मात्र नभइ सभामुख बन्ने वा नबन्ने अधिकार भने पार्टी निर्णयबाट हुने पनि बताइन्। उनले मंसिरको दोस्रो वा तेस्रो साता संसदको नियमित अधिवेशन डाकेर सभामुख चयन गरिने उनले जानकारी दिइन्। उनले संवैधानिक परिषद्को बैठकले महिला र दलित आयोगका सदस्य र संवैधानिक आयोगका पदाधिकारीबारे छलफल हुने बताइन्।