एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोनाले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ। बार्सिलोनाको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार शनिबार बेलुका १ः४५ बजे शुरु हुनेछ।
अंक तालिकाको दोस्रो स्थानमा रहेका बार्सिलोना खेल जित्दै शीर्षस्थानमा उक्लने दाउमा छ भने साविक विजेता बार्सिलोनालाई नमिठो हार चखाउने सोच सेल्टा भिगोले बनाएको छ। अहिलेसम्मको हेड टु हेडमा बार्सिलोना अगाडि रहेको छ। २० खेलमा एक अर्काविरुद्ध मैदान उत्रिएका दुई क्लबमध्ये बार्सिलोनाले १२ खेलमा जित निकाल्दा, ४ खेलमा हार बेहोरेको छ। ४ खेल भने बराबरीमा सकिएको छ।
त्यस बाहेक ला लिगामा अन्य ३ खेलहरु हुनेछन्। रियल मड्रिडले इबरसँग उसैको मैदानमा खेल्नेछ। रियल र इबरबीचको खेल राति ११ः१५ मा शुरु हुनेछ। इबरविरुद्ध रियल पनि जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ। तेस्रो स्थानको रियलको ११ खेलबाट २२ अंक रहेको छ।
ला लिगा अन्तर्गत नै भ्यालेन्सियाले ग्रानडासँग खेल्नेछ। त्यस्तै डिपोर्टिभो अल्भेसले रियल भालाडोलिटसँग तिस्पर्धा गर्नेछ।