इटहरी– बुधबार राति इटहरी–१ स्थित हलगडामा आक्रमण गर्नुको साथै कुकुरमाथि खुकुरी प्रहार गरेका थिए। गरेको भन्दै इलाका प्रहरी कार्यालयले तीनजनालाई पक्राउ गरेको छ।उनीहरूले खुकुरी आतङ्क मच्चाएर घरपालुवा कुकुरको हत्या गरेका थिए। स्थानीय मोहन विश्वकर्माको घरमा पालेको जर्मन सेफर्ड कुकुरलाई १२–१३ जनाको समूहमा आएका युवाहरूले घर तोडफोड गर्नुको साथै कुकुरको हत्या गरेका थिए।
कुकुर हत्याको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले सन्दीप राई, विशाल माझी र मनोज भण्डारीलाई पक्राउ गरेको हो। मोहनका छोरा आयुषसँग कुकुर डुलाउँदा एक युवासँग विवाद हुँदा सोही विषयलाई लिएर घरमा ती युवा समूहले आक्रमण गर्नुको साथै कुकुरमाथि खुकुरी प्रहार गरेका थिए।
बुधबार राति ७ बजेको समयमा खुकुरी, छुरा र कट्टी बोकेका युवाहरूले घरभित्र रहेका आयुषमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। तर छोराले ढोका थुनेर ज्यान जोगाउन सफल भएको बताउँदै बुबा मोहनले पछि आक्रोसित युवाहरूले बाँधेर राखेको कुकुरमाथि जथाभावी धारिलो हतियार प्रहार गरी कुकुरको हत्या गरेको प्रहरीले बताएको छ।