नवलपरासी–करेन्ट लागेर नवलपरासीको गैंडाकोटमा गएराति एक जनाको मृत्यु भएको छ।
पराल बोकेको ना २ ख ९०७८ नम्बरको ट्रकमाथि बसेका मध्यविन्दु नगरपालिका–६ का २४ वर्षीय मतिराम महता थारूको नांगो तारमा प्रवाह भइरहेको करेन्ट लागेर ज्यान गएको हो।
करेन्ट लागेर गम्भीर घाइते महतोलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रक चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताए।