एजेन्सी– पाँचौ तथा अन्तिम टी–२० खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गरेको छ। यस जितसँगै इंग्ल्यान्डले सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको छ।
निर्धारित ओभरमा दुबै टिमले समान रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। सुपर ओभरमा इंग्ल्यान्डले न्युजिल्याण्डलाई १८ रनको विजयी लक्ष्य दिएको थियो। तर न्युजिल्यान्डले १ विकेट गुमाउँदै ८ रन मात्र बनाउन सक्यो। त्यसअघि जितका लागि १ सय ४७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित ११ ओभरमा ७ विकेट गुमाउँदै १ सय ४६ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो।
इंग्ल्यान्डले अन्तिम ओभरमा जितको लागि १६ रन चाहिएको अवस्थामा १५ रन जोड्न पुग्यो। इंग्ल्यान्डका लागि ओपनर जोनी बेयरस्टोले १८ बलमा २ चौका र ५ छक्का सहित ४७ रन बनाए। त्यस्तै ओपनर टम ब्यान्टन ७, कप्तान इओन मोर्गन १७, साम करन २४, टम करनले १२ रनको योगदान दिए। न्युजिल्यान्डको बलिङमा टे«न्ट बोल्ट, जेम्श निशम र मिचेल सान्टनारले समान २ विकेट लिएका थिए।
टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले ११ ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो। उसका लागि ओपनर मार्टिन गुप्टिलले २० बलमा ५ छक्का र ३ चौका सहित ५० रन बनाएका थिए। त्यस्तै अर्का ओपनर कोलिन मुनरोले २१ बलमा २ चौका र ४ छक्का सहिच ४६ रनमा क्याच आउट भए। विकेटकीपर टिम सिफर्टले १६ बलमा १ चौका र ५ छक्का सहत ३९ रनको पारी खेलेका थिए।
इंग्ल्यान्डका साम करन, टम करन, आदील राशिद र सकीब महमोम्दले समान १–१ विकेट हात पारेका थिए। इंग्ल्यान्डले पहिलो टी–२० खेल ७ विकेटले जितेको थियो भने दोस्रो खेलमा २१ रनले पराजित भएको थियो। त्यस्तै तेस्रो खेलमा पनि १४ रनले हारेको इंग्ल्यान्डले चौथो खेलमा ७६ रन र अन्तिम खेलमा सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै सिरिज जितेको हो।