काठमाडौं– रिलिज मिति सरेर चर्चा पाएको फिल्म ‘घामड शेरे’ नायक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काले पहिलो पटक पुरै सिनेमामा सँगै काम गरेको यो पहिलो फिल्म हो। केही वर्ष विदेश बसेर देशमा व्यवसायिक तरकारी खेती गर्ने उद्देश्य बोकेर नेपाल फर्किएको शेरबहादुरलाई माटो भरेर बनाइएको खोलाछेउको जग्गा भिडाइन्छ।
यसरी भिडाएको जग्गा बाढीले बगाएपछि आफूमाथि भएको अन्यायका लागि ऊ खोलालाई मुद्दा हाल्न बाध्य हुन्छ। खोलालाई मुद्दा हालेपछि उसले मुद्दा जित्छ या हार्छ? यसैको सेरोफेरोमा बुनिएको तानाबाना नै ’घामड शेरे’को कथा हो।
सिनेमालाई हेमराज बिसीले निर्देशन गरेका हुन्। खोलाविरूद्ध मुद्दाको विषयले ‘घामड शेरे’ प्रति एउटा स्वभाविक आकर्षण उत्पन्न गराउँछ। त्यसैले यसलाई दर्शकलाई निराशा नबनाउने औसत फिल्मको रुपमा लिईएको छ।
https://youtu.be/nRHhjY-y4kk