काठमाडौं — सीमा अतिक्रमणविरूद्धको विरोधमा नेपाल विद्यार्थी संघले कोटेश्वरमा प्रदर्शन शुरु गरेको छ।
‘भारतीय बिस्तारवाद’ विरूद्ध नेविसंघले आइतबार ‘गो ब्याक इन्डिया’ नारा लगाउँदै प्रदर्शन गरेका हुन्। नेविसंघ पूर्वमहामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको समूहले सरकारले कुटनीतिक तवरबाटै सीमा विवादहरू हल गर्नुपर्ने र अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्ने भन्दै प्रदर्शन गरेका हुन्।
सीमा क्षेत्रमा भारतीय अतिक्रमण नरोकिए चरणवद्ध आन्दोलन गर्ने नेविसंघले बताएको छ।नेविसंघ नेता मनिष सिंखडाका अनुसार कोटेश्वर बहुमुखी क्याम्पसबाट प्रदर्शन सुरू गरेर तीनकुनेमा कोणसभा गरिएको हो।