काठमाडौँ– ‘छ माया छपक्कै’ चलचित्र दसैँको छेको पारेर गत असोज २४ गते रिलिज भएको थियाे। अहिले चलचित्र चौथो सातामा प्रवेश गर्न सफल भएको छ। कुनै चलचित्रले पनी एकसाता पनि राम्रो व्यवसाय गर्न नसकिएको वर्तमान समयमा ‘छ माया छपक्कै’ ले भने प्रदर्शनको चौथो साता पार गर्न सफल भएको हाे।
‘छ माया छपक्कै’ले अहिले पनि राम्रो दर्शक पाइरहेको छ। ‘दर्शकको माया देख्दा हामी निकै खुसी छौँ निर्माता रोहित अधिकारीले भने।’ ‘चौथो सातामा पनि राम्रो दर्शक पाएको फिल्मको अहिलेसम्मको आम्दानी कति ?’ भन्ने प्रश्नमा फिल्मको कमाइ १२ करोड नजिक पुगेको निर्माता अधिकारीले बताएका छन्।
‘छ माया छपक्कै’ले १२ करोड त कमाउँछ । त्यो भन्दा अगाडि म भन्न सक्दिनँ ‘उनले भने।’ राजनीतिक विषयलाई हाँस्यरसमा ढालेर निर्माण भएको फिल्मको विषयवस्तु समीक्षकले समेत तारिफ गरेका कारण पनि यो फिल्म राम्रो चल्न सफल भएको हो। मिडियामा सकारात्मक समीक्षा आएपछि हलमा दर्शक बढ्काे ‘छ माया छपक्कै’ ले आफुलाई अनुभव गराएको निर्देशक दीपेन्द्र लामाले बताएका छन्।
‘छ माया छपक्कै’मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय गरेका छन्।निर्देशक लामाकै कथा रहेको फिल्म ‘आमा सरस्वती मुभिज’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘आईएमई’को संयुक्त ब्यानरमा निर्माण भएको हो।