एजेन्सी- पछिल्लो समय प्ले स्टोरमा विभिन्न असुरक्षित एप्स भेटिदैं आएको छन्। त्यसैको समधानका लागि गूगलले सेक्यूरिटी फर्महरूसँग सहकार्य सुरु गरि हानिकारक एप्सहरू प्लेस्टोरबाट हटाईने उल्लेख गरिएको छ।
केही समय अघिमात्रै ईसेट अनुसन्धानकर्ताहरूले गूगलको प्ले स्टोरमा ४२ वटा एडवेयर युक्त एप्स भेटिएको जनाएका थिए। एडवेयर भन्नाले विज्ञापन देखाउने भाइरसलाई बुझिन्छ। उनीहरूले आफूले भेटेका त्यस्ता एप्सको विषयमा गूगललाई जानकारी गराइ हटाउन लगाएका थिए।
ईसेटका अनुसार ती ४२ वटा एप्स अहिलेसम्म कूल मिलाएर ८० लाख पटक डाउनलोड भइसकेको जनाइएको छ। जुन प्रयोगकर्ताका लागि जोखिमपूर्ण रहेको बताइएको थियो। यस्ता घटाना प्ले स्टोरमा धेरै लामो समयदेखी फेला पर्दै आएका छन्। त्यस्ता एपहरूले अनावश्यक रुपमा विज्ञापनहरू दिएर प्रयोगकर्तालाई असर पारिरहेको अनुसन्धानकर्ताहरूको निश्कर्ष थियो।
त्यसका लागि कम्पनीले हालै मोबाइल सेक्यूरिटी कम्पनी इसेट, लुकआउट र जिम्पेरियमसँग सहकार्य गर्ने छ। ती कम्पनीहरूले गुगल प्ले स्टोरमा भएका हानिकारक एप्स र एन्ड्रोइड प्रयोगकर्तालाई हुने खतरालाई कम गर्न गुगललाई सघाउनेछन्।