काठमाडौं– बिमल डाँगी एक समय एकदमै रूचाइएका गायक हुन्। पानसका बत्ती बालेको गीतबाट नेपाली लोक तथा दोहोरी गीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक बिमल डाँगी लामो समयको अन्तरालपछि नयाँ गीत ‘आकाशको जुन तारालाई’ लिएर आएका छन्।
हाल अमेरिकामा बस्दै आएकका गायकले यो गीतको संगीत आफैले गरेका छन् भने शब्द अमर भण्डारीको रहेको छ। लोकदोहोरी क्षेत्रकी बहुचर्चित गायिका बिष्णु माझीले उनलाई स्वरमा साथ दिएकी छिन्।
गीतको संगीत संयोजन बि बि अनुरागीले गरेका छन्, भने प्रिज्मा डिजिटल रेकर्डिङ् स्टुडियोमा रेकर्ड भएको हो। कुमार केसीको निर्देशनमा रहेको गीतमा नायक धिरेन शाक्य र लोकप्रिय टेलिसिरियल सक्किगोनीकी नायिका रक्षा श्रेष्ठको अभिनय रहेको छ।
अन्जना गोसाई र अमर भण्डारीको प्रस्तुतिको रुपमा रहेको छ। विन्धावासीनी म्यूजिक प्रा.लि.बाट सर्बत्र बजारमा उपलब्ध छ।
https://youtu.be/7dN9m-P2vTg