एजेन्सी– फिल्म ‘सूर्यवंशी’ को शूटिङका क्रममा बलिउड अभिनेता अक्षय कुमार घाइते भएका छन्। भारतीय मिडियाको अनुसार रोहित सेट्टीले निर्देशन गरेको फिल्मको एक दृश्य छायांकनका क्रममा अक्षय कुमारको हातमा चोट लागेको हो।
मिडियाले उनका खुट्टाको गोलीगाँठो र हातमा चोट लागेको जनाएको छ। चोट लाग्दाको बाबजुद पनि अक्षय कुमारले भने शूटिङ जारी राखेका थिए।
बलिउडका एक्सन हिरो अक्षय कुमारले खतरनाक स्टन्ट दिने गर्छन्। यस वर्ष मात्र अक्षयका ४ वटा फिल्म रिलिज हुँदैछन्।
तीमध्ये पनि ३ वटा फिल्म त रिलिज भइसकेका छन्। ‘केसरी’, ‘मिसन मंगल’ र ‘हाउसफूल ४’ तीनै फिल्मले सफलता हासिल गरे। यसै वर्ष उनको ‘गुड न्युज’ नामक फिल्म पनि रिलिज हुँदैछ।
अक्षय कुमार निकै व्यस्त अभिनेतामा पर्छन्। उनी फिल्म इण्डष्ट्रिमा मात्र नभई सामाजिक कार्यमा पनि व्यस्त छन्।