काठमाडौं– एएफसी यु–१९ च्यापिम्पयनसिप छनोटमा नेपाली यु–१९ फुटबल टोली आज अन्तिम खेल खेल्दै छ। यसअघिको दुई खेलमा लगातार खराब प्रदर्शन गरेको नेपाली टोलीले आज किर्गीस्तानको सामना गर्न लागेको हो।
नेपाली टोलीको लागि आजको खेल प्रतिष्ठाको लडाँइ मात्रै हुनेछ। लगातार दुई खेलमा पराजित भएको नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ। किर्गीस्तानसँगको खेलमा नेपाल सान्तवना जित निकाल्ने दाउमा छ।
समूह डि मा रहेको नेपालले २ खेलमा अंक जोड्न सकेको छैन तर, किर्गीस्तान २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ। खेल नेपाली समयअनुसार तेहरानस्थित पीएएस रंगशालामा ५ बजे शुरु हुनेछ।